सीके रावतको गाउँमा मत नै खसेन

सीके रावतको गाउँमा मत नै खसेन


राजविराज– बिहीबार भएको निर्वाचनमा राजविराजको महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा मत नै खसेन।

 

 

मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्म समय तोकिएपनि कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए।

 

 

मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए।
महदेवा डा सिके राउतको गाउँ हो। मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका थिए।

 

प्रहरीले रावतलाई बिहीबार दिउँसो मात्र जनकपुरबाट पक्राउ गरेको थियो।