सेयर बजार १९ अंकले घट्यो

सेयर बजार १९ अंकले घट्यो


काठमाण्डु – बुधबार सेयर बजार १८ अंकले घटेको छ । सेयर बजार मापक परिसूचक नेप्से १९.८४ अंकले घटेर २७३४ विन्दुमा रोकिएको छ ।
आज दिनभर कुल ३ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ३ अर्ब २३ करोड तथा सोमबार ३ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

धेरैजसो उपसमूह घटेका छन् । बैंकिङ ५, ब्यापार ४३, होटल तथा पर्यटन ३३, विकास बैंक ८८, जलविद्युत् ७२, फाइनान्स ४२, निर्जीवन बीमा १०६, उत्पादन ९४ र लघुवित्त उपसमूह ४० अंकले घटे । अन्य १० र जीवन बीमा उपसमूह २० अंकले बढे । ५ कम्पनीको मूल्य स्थिर रहँदा ३२ कम्पनीको बढ्यो भने १५४ कम्पनीको घट्यो ।

गुराँस लघुवित्त र ज्योती लाइफ इन्स्योरेन्सको मूल्य ३ प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रो र मैलुङखोलाको मूल्य ५ प्रतिशतले घट्यो । अपी पावर, नेसनल हाइड्रो, अरुणभ्याली, टेलिकम र युनाइटेड इन्स्योरेन्स धेरै कारोबार हुने कम्पनीहरुमा क्रमशः अगाडि रहेका छन् ।