‘भाग्यले बाँचेकाहरू’ का निर्देशक पाण्डे अमेरिकामा सम्मानित

‘भाग्यले बाँचेकाहरू’ का निर्देशक पाण्डे अमेरिकामा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ‘भाग्यले बाँचेकाहरू’ अर्थात् (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) वृत्तचित्रका निर्देशक गणेश पाण्डे अमेरिकामा पुरस्कृत भएका छन्।

१२ वैशाख २०७२ को भूकम्पले पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको उक्त वृत्तचित्रका निर्देशक पाण्डेलाई अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै सम्मान गरेको हो ।

नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यू जर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ।

न्यूजर्सी सिटीकी सल्लाहकार डा विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा युएस नेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीलाई ‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रले विदेशमा रहेका नेपालीलाई निकै भावुक बनाएको बताए ।

विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको बताइएको छ।