नेपालले दियो फिलिपिन्सलाई २१९ रनको लक्ष्य

नेपालले दियो फिलिपिन्सलाई २१९ रनको लक्ष्य


काठमाण्डु- टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाए । उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे । यस्तै, उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।