काठमाण्डु- हप्ताको पहिलो दिन आइतवार शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार परिसूचक नेप्से ३९ दशमलव चार अङ्कले ओरालो लागेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको हो ।
आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाखमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया