काठमाण्डु – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।
जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीले पाउने छन् भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीको आईपीओमा धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा ७७ हजार ४५६ जनालाई पर्नेछ । यस्तै सोमध्ये ३ जनालाई थप एक कित्ता भाग लाग्नेछ ।
प्रतिक्रिया