काठमाडाैंका हुन्डी अखडामा प्रहरीको छापा, ५३ लाख रुपैयाँसहित पाँच व्यवसायी हिरासतमा

काठमाडाैंका हुन्डी अखडामा प्रहरीको छापा, ५३ लाख रुपैयाँसहित पाँच व्यवसायी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–महानगरीय अपराध महाशाखाले राजधानीको न्यूरोड र कुलेश्वरमा रहेका हुन्डी कारोबार अखडामा छापा हानेको छ।

महाशाखाले सोमबार छापा हानेर ५ जना व्यवसायीलाई पक्राउ गरेको छ। साथै, प्रहरीले उनीहरुको साथबाट ५३ लाख रुपैयाँ र चेकबुकहरु बरामद गरेको छ।

भारतीय व्यापारी विजय गुप्ताको साथबाट ३४ लाख ६८ हजार, रिभरसिटी सहकारीका कर्मचारी दीपक श्रेष्ठको साथबाट ९ लाख ९० हजार र १० लाख ३ हजारको चेक बरामद गरिएको प्रहरीले जनाएको छ।

ब्राइन इन्टरनेशनलका कर्मचारी संजित पाण्डेसँग ३ लाख ३१ हजार, भारतीय व्यापारी अंकित अग्रवालसँग ५ लाख ७ हजार र पुजन छाला जिमीसँग २३ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको छ ।

विजयले कुलेश्वरमा माँ चामुण्डा फ्रुट सेन्टरको नाममो हुन्डीको कारोबार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ।