काठमाण्डु – बुधबार सेयर कारोबार मापक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.५० अंकले घटेर २७२० अंकमा कायम भएको हो । आज ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । सोमध्ये जलविद्युत् कम्पनीहरू (उपसमूह)को मात्रै १ अर्ब २३ करोडको कारोबार भएको छ ।
सबै उपसमूह घट्दा जलविद्युत् उपसमूह बुधबार ३५ अंकले बढेको छ । बैंकिङ ९, ब्यापार ३१, होटल तथा पर्यटन ३१, विकास बैंक ४०, फाइनान्स १३, निर्जीवन बीमा ११०, उत्पादन ८२, अन्य ४८, लघुवित्त २६ र जीवन विकास उपसमूह ८१ अंकले घटेका छन् ।
कुल ५८ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो भने दिव्यश्वरी हाइड्रो र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत बढ्यो । आज कारोबार रकमका आधारमा नेपाल टेलिकम, घलेम्दी हाइड्रो, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहेका छन् ।
प्रतिक्रिया