कोरोनाको खोप किन्न विश्व बैंकले नेपाललाई दुई अर्ब १४ करोड ऋण दिने

कोरोनाको खोप किन्न विश्व बैंकले नेपाललाई दुई अर्ब १४ करोड ऋण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । ‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।