ठेकेदार कारबाही अभियान : सांसद रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र !

ठेकेदार कारबाही अभियान : सांसद रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र !


काठमाडौं –  नेपालका पुुल निर्माणमा बर्चश्व कायम गरेको पप्पुु कन्स्ट्रक्सनले ठेक्का पाएका डेढ दर्जज पुुल तथा सडक अलपत्र अवस्थामा छन् । निर्माण भइसकेका पुल तथा सडक एक बर्ष नपुग्दै भाचिने र सडक गुणस्तरहिन छन् । यो कम्पनीले हात हालेका अधिकांश पुुल र सडक समयमा सकिएका छैनन्। गुुणस्तरिय काम नगरेका कारण सरकारलाई समेत क्षति पुुग्ने गरेको छ।

पर्सा क्षेत्र नम्वर ३ का बाट जितेका संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पुु कन्स्ट्रक्सन बारम्बार विवादमा तानिने गरेको छ । पप्पुु कन्स्ट्रक्सनको पछिल्लो उदाहरण बाँकेको राझाँ जमुना सडक खण्ड गुणस्तरहिन बनाएकै कारण सडक डिभिजन कार्यलयमा हस्तान्तरण हुन सकेको छैन् । सडक विभागले यस अघि पनि कोहलपुुर–नेपालगन्ज सडक निर्माण गर्दा समयमा नै ठेक्का पूरा नगरेका कारण पप्पुुलाई करिब पाँच करोड रुपैयाँ हर्जाना तिराएको थियो ।

बर्दियाको बबइ पुल हस्तान्तरण गरेको एक बर्ष नपुग्दै भासिएको छ । पप्पुुले नै निर्माण गरेको बबई पुुल गत वर्षको बाढीका कारण भासिएको थियो। पुुल भासिनुुमा कमजोर निर्माण भएको भन्दै सडक विभागले पुुनः निर्माण गर्न लगाएको छ। तर,कन्स्ट्रक्सले पुलको पुननिर्माण गररिहेको छैन् ।

त्यस्तै तीनकुुनेमा निर्माणाधीन बागमती पुुल हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ पुुसमा ठेक्का लगाएको यो पुुल निर्माणको समय यही असार मसान्तमा सकिँदैछ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले यो पुुलको काम मुुस्किलले २० प्रतिशत पनि सम्पन्न नभएका छैनन् ।

यो कम्पनीले भनेको समयमा काम नगर्ने, राजनीतिक आडमा पेलेरै जान खोज्ने, विभिन्न बहाना बनाएर समय थप्ने र वर्षौसम्म काम नगर्ने परिचय बनाएको छ।

ठेकेदारमाथि ‘एक्सन’ लिने–नलिनेमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच बिवाद

गृहमन्त्री रामबहादुर थापा बादल र भौति पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीच समन्यवको अभाव देखिएको छ । काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेल हाल्ने गृहमन्त्री थापाको अभिव्यक्ति आईरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कसैले धरपकड गरे आफुलाई भन्न आग्रह गरेका छन् ।

उनले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारे । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नरहने उल्लेख गर्दै भने, ‘अब व्यवसायीलाई धरपकड हुँदैन्, कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन्, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।’

निर्माण कार्यलाई छिटो छरितो बनाउन साइड क्लियरेन्स नगरी टेण्डर आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्री महासेठले पुर्वाधार डिजाइनको काम पनि नेपाल सरकार आफैले गर्ने बताए ।