सेयर बजारमा पहिरो – नेप्से ६४ अंकले घट्यो

सेयर बजारमा पहिरो – नेप्से ६४ अंकले घट्यो


काठमाण्डु- सेयर बजार नेप्से परिसुचक बुधबार करिब ६४ अंकले ओरालो लागेको छ । आज नेप्से ६३.९८ अंकले ओरालो लागेर २५४६.६० बिन्दुमा झरेको हो ।

सबै उपसूचक ऋणात्मक भएको दिन सबैभन्दा बढी फाइनान्स समूहको सूचक अधिकतम ३.६५ प्रतिशतले ओरालो लागेको छ । म्यानु एण्ड प्रो ३.६३ प्रतिशतले, हाइड्रोपावर ३.३९ प्रतिशतले ओरालो लागेका छन् । आज कुल ३ अर्ब ६२ करोड ११ लाख बराबरको सेयर कारोबार भएको छ ।