कानुनमन्त्रीको राजिनामा मागेर तामाङ समूदायमाथी अन्याय गरीयो : लामा

कानुनमन्त्रीको राजिनामा मागेर तामाङ समूदायमाथी अन्याय गरीयो : लामा


काठमाडौं । अनेरास्ववियूकी अध्यक्ष एवम् सांसद नवीना लामाले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामाका बारेमा आक्रोश पोखेकी छिन् ।

लामाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर तामाङ समुदायमाथि नेकपा र प्रधानमन्त्री केपी ओलीले अन्याय गरेको बताएकी हुन् । उनले छात्रामाथि लगाइएको लाञ्छना गलत मनसायले नलगाएको भन्दै तामाङको संरक्षण गरेकी छिन् ।

‘तामाङ समुदायमा जन्मेर पार्टी, राज्य प्रतिनिधित्व, वर्गीया अन्दोलनमा निकै दुःख कस्ट गर्दै कानूनमन्त्रीको पद सम्हालेर शेरबहादुर तामाङ निकै उच्च चरित्रको शालिन ब्याक्तित्व भएको मान्छे हुन्’, उनले भनेकी छिन्, ‘उहाँलाई नजिकबाट चिन्ने मान्छे हो म । उनको इन्टेन्सन गलत थिएन ।’

मेडिकल क्षेत्रभित्रका ब्यथितीमाथि टिप्पणी मात्र गर्न खोजेको भन्दै अनेरास्ववियूकी अध्यक्ष समेत रहेकी सांसद लामाले मन्त्री तामाङले बोलेको अभिव्यक्तिको गलत ब्याख्या विश्लेषण गरी अनावश्यक लाञ्छना लगाएको बताएकी छिन् ।

नेकपाकी सांसद लामाले भिडियो र सामाजिक सञ्जालले अनावश्यक रुपमा मन्त्री तामाङको बद्नाम गरेको भन्दै बहसको विषय बनाउन माग गरेकी छिन् ।