काठमाण्डु – तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखिने भएको छ । अनुसन्धान नसकिएकाले जिल्ला अदालत तनहुँले नायक पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको हो ।
कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।
नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको च दिनपछि पल शाहले प्रहरी कार्यालयमा आफैं गिरफ्तारी दिएका थिए । नाबालिग भनिएकी गायिकाले उनीवरुद्ध नवलपुर प्रहरी कार्यालयमा पनि अर्को बलातकार मुद्धा दर्ता गराएकी छन् ।
प्रतिक्रिया