काठमाण्डु- विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको हो ।
६ महिनापछि एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले अघिल्लो महिना चारदेशीय शृंखला अन्तर्गत ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।
प्रतिक्रिया