काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गदै आमरण अनशनरत गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ ।
सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सहमतिमा हस्ताक्षरसँगै डा. केसीको अनसनरत आजै तोडिने बताइएको छ ।
डा. केसीका माग सम्बोधानका लागि पूर्वसभामसख एवं नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए । उनकै विशेष पहलमा मंगलबारदेखि वार्ताको आन्तरिक र बाह्य छलफललाई व्यापक पारिएको थियो ।
केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।
प्रतिक्रिया