पपुवा न्युगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

पपुवा न्युगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य


काठमाण्डु- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २०५ रनको मध्यम लक्ष्य दिएको छ ।यूएईको शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।

पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले अर्धशतकिय पारी खेले । उनले ८२ बलमा ७ चौकाको मद्दतले ५९ रन जोडे । यस्तै, ओपनरद्वय टोनी उरा र लेगा सियाकाले क्रमश: २७ र २५ रनको योगदान गरे ।

कप्तान असद वालाले १९ रन बनाउँदा चाड सोपरले ३५ रन जोडे । यस्तै, नर्मन भानुआले २३ रन, अले नाओले २ रन, रिले हेकुरेले ९ रन, साइमन अताईले १ रन बनाउँदा भने हिरि हिरि शून्य रनमै आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दिप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक/एक विकेट लिए ।