‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक, मन्त्रीका अगाडि म्याक बुक (फाेटाे फिचरसहित)

‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक, मन्त्रीका अगाडि म्याक बुक (फाेटाे फिचरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपाल सरकारले पहिलो पटक मन्त्रिपरिषदलाई ‘पेपरलेस’ ( कागजरहित) बनाएको छ।

सरकारले डिजिलाइजेशनलाई महत्व दिइरहेकोमा बिहीबारको मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरु म्याक बुकसहित उपस्थित भएका हुन्।

मन्त्रिपरिषद कागजरहित हुने भएपछि बिहीबारका लागि तय भएको मन्त्रिपरिषद बैठकका लागि प्रस्ताव डिजिटल फोरम्याटमै मागिएको थियो। इमेलमा प्रस्तावको फायल र त्यसको दुर्इ प्रति प्रिन्ट मन्त्रिपरिषद कार्यालयले मन्त्रालयहरूसँग मागेको थियो।

हालसम्म मन्त्रिपरिषदमा जाने प्रस्ताव कागजी हुने गर्थ्यो। यस्तो कागजी प्रस्ताव सम्बन्धित मन्त्रालयले प्रिन्ट गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लैजाने गर्थे। मन्त्रिपरिषदमा पेश हुने एउटा प्रस्ताव मन्त्रीहरूलार्इ दिनेसहित ४४ प्रति प्रिन्ट गर्नुपर्नुपर्थ्यो। अब त्यो व्यवस्था परिवर्तन भएको छ।

बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको बताएको छ ।