काठमाण्डु – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई १६९ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा ४६.२ ओभरमा १० विकेट गुमाउँदै १६८ रन बनाएको हो ।
युएईका लागि सिपि रिजवान र रोहन मुस्तफाले समान ४० ४० रनको योगदान गरे । ओपनरद्वय मोहम्मद वासिम र चिराग सुरीले क्रमश २१ र ६ रन बनाउँदा विस्फोटक ब्याट्सम्यान वृत्य अरविन्द ३ रनमै आउट भए ।
यस्तै, आसिफ खानले २, बासिल हामिदले १४, कासिफ दाउदले १८, कप्तान अहमद राजाले १३ ,जहुर खानले शून्य रन जोडे ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले चार विकेट लिए । उनले युएईको पावर प्लेलाई ध्वस्त पारे । साथै, करण केसीले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र सागर ढकालले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया