काठमाडौं– सरकारले अन्ततः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर एउटा मन्त्रालय थपेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको हो । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
यससँगै प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ ।
हाल कृषिमन्त्री चक्रपाणि खनाल छन्। अब भूमि सुधार तथा सहकारी मन्त्रालय बनेसँगै हालकी स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको बढुवा हुने तयारी छ। नेकपाकी नेतृ अर्याल भूमि मन्त्री बन्नेछिन्।
उनी मन्त्रीमा बढुवा भएमा खाली रहने स्वास्थ्य राज्यमन्त्रीमा संघीय समाजवादी फोरमबाट आउनेछन्। फोरमका अध्यक्ष उपेन्द्र यादव स्थास्थ्य मन्त्री छन्। त्यसका लागि सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताबीच छलफल भइरहेको छ।
राज्यमन्त्री थपिएमा ओली सरकारमा मन्त्रीहरूको संख्या २५ पुग्ने छ । संविधानको धारा ७६ को उपधारा ९ मा संघीय सरकारको मन्त्रीपरिषदको संख्या २५ मात्रै बनाउन पाउने प्रावधान छ ।
प्रतिक्रिया