१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत्र १८ देखि

१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत्र १८ देखि


काठमाण्डु – नेपाल तेक्वान्दो संघले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता यहि चैत्र १८ र १९ गते आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभिगीय टिम गरि जम्मा १० वटा टिमका खेलाडीहरुले २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदक गरी १०४ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस राष्ट्रिय प्रतियोगिताबाट आगामी दक्षिण एसियाली खेल लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई द्रुत गतिमा सञ्चालन गर्ने योजना रहेको तेक्वान्दो संघले जनाएको छ ।

त्यस्तै प्रतियोगितालाई सफल पार्न संघले ९ सदस्यीय समिति समेत गठन गरेको छ । ९ सदस्यीय आयोजक समितिको अध्यक्षमा संघका उपाध्यक्ष भानबहादुर चन्द रहेका छन् भने केन्द्रीय सदस्य राम गिरी संयोजक रहेका छन् ।