गलत च्यानलबाट नेपाल भित्रिने पैसा राेक्दै सरकार, प्रधानमन्त्रीकाे यस्ताे घाेषणा

गलत च्यानलबाट नेपाल भित्रिने पैसा राेक्दै सरकार, प्रधानमन्त्रीकाे यस्ताे घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन्।

 तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नु पर्ने प्रधानमन्त्रीको धारणा छ । ‘गलत उद्धेश्यका साथ गलत च्यानलबाट डलर,युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भित्रने पैसा बैंक मार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताए।  देश अहिले विकासको महाभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए।

 सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए। ‘अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकिकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एसोसिएसन नेपाललाई बधाइ समेत दिए।  एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विस्वास व्यक्त गरे।

संगनठले मुक्ति बहादुर श्रेष्ठ संयोजक र हरीराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिती गठन गरेको छ ।