३६ लाख घुससहित इन्जिनियर दम्पत्ति अख्तियारको फन्दामा

३६ लाख घुससहित इन्जिनियर दम्पत्ति अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ लाख घुससहित एक इन्जिनियर दम्पत्तिलाई नियन्त्रणमा लिएको छ।

अख्तियार बुुटवलको टोलीले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर र उनकी पत्नीलाई घुससहित पक्राउ गरेको हो।

ठाकुरले सेवाग्राहीबाट ३६ लाख घुस लिएको आरोपमा अख्तियारले शनिबार भैरहवास्थित सरकारी निवासबाट नियन्त्रणमा लिएको हो। उनकी पत्नी हेटौडाको मनहरीबाट पक्राउ परेकी हुन्। घुस लिएको रकम वीरगञ्जस्थित घर लिएर जाँदै गरेको अवस्थामा यादवकी श्रीमतीलाई मनहरीबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका प्रमुख दिनेशकुमार आर्चायले बताए।

ठाकुरकी पत्नीको साथबाट साढे १२ लाख रुपैँया नगद र बाँकी बैंकमा जम्मा गरेको भौचर बरामद भएको छ।  अख्तियारमा यसअघि जिल्लाका विभिन्न सरकारी भवन र अन्य संरचना निर्माण तथा तीनको अनुगमन निरीक्षणका नाममा मोटो रकम घुस लिएको, आर्थिक चलखेल गरी कमजोर संरचना निर्माण गरिएको जस्ता मौखिक र लिखित उजुरी परेका थिए।

अख्तियारको बुटवल कार्यालयले शनिबार नै गुल्मीको सिमलटारी– प्युठान सडक आयोजनाका सब इन्जिनीयर प्रकाश झालाई घुस लिँदै गर्दा पक्राउ गरेको छ। झालाई १ लाख रुपैयाँ रकम सहित तम्घासस्थित उनकै कोठाबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।