काठमाण्डु- त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा नेपालले मलेसियासमक्ष बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदानमा मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनी ५७ बलमा ६ छक्का र १० चौकाको मदतमा ११० रन बनाएर अविजित रहे । याेसँगै दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
साथै, टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको यो शतक नेपालका लागि चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए ।
त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकको योगदान दिए । उनी ३४ बलमा ५१ रनमा आउट भए । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १२ रन तथा आशि शेख १८ रनमा आउट हुँदा आदिल आलमले १४ रन जाेडे । मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।
प्रतिक्रिया