फलाई दुबईका पाइलटले मदिरा सेवन गर्दा उडान नै प्रभावित

फलाई दुबईका पाइलटले मदिरा सेवन गर्दा उडान नै प्रभावित


काठमाडौं– फलाई दुबईको विमानका पाइलटले मदिरा सेवन गर्दा उडान नै प्रभावित भएको छ । काठमाण्डौबाट दुबईको लागी १५७ जना यात्रु लिई उडेको विमानका पाइलटले मदिरा सेवन गरेको थाहा पाएपछी विभानस्थल प्रशासनले चालक दलका सदस्यलाई जहाज उडानमा रोक लगाएको छ ।

आइतबार फ्लाई दुबईको एफजेड ५७१ को जहाज बिहान ९ :४० बजेको उडान भर्नुपर्ने थियो । तर, चालकले मदिरा सेवन गरेको फेला परेपछि उक्त जहाजको उडान स्थगित गरिएको थियो ।

फलाई दुबईको अर्को विमानबाट चालक दलका सदस्यहरु काठमाडौं आइपुगेका छन् । विमानस्थलका एक कर्मचारीकाअनुसार उक्त बिमान आजै सांझ ६ :३० बजे दुबई प्रस्थान गर्नेेछ ।

उडान प्रभावित पछि विमानमा सवार यात्रुहरुलाई विमानस्थलभित्रै रहेको र्याडीसन होटलमा राखिएको छ । पाइलटलाई भने प्रहरी नियन्त्रणमा राखिएको छ ।