प्रदेश संसदमा कानूनमन्त्री शाहले भने, ‘कञ्चनपुरकी बालिका बलात्कारपछि हत्या घटनाकाे गम्भीर अनुसन्धान’

प्रदेश संसदमा कानूनमन्त्री शाहले भने, ‘कञ्चनपुरकी बालिका बलात्कारपछि हत्या घटनाकाे गम्भीर अनुसन्धान’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेश ७ को संसदमा सांसदहरुले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे आवाज उठाएका छन्।

अाइतबार बसेको बैठकको सुरुमै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरु रणबहादुर रावल, देवकी मल्ल, प्रकाश रावल र तारा लामा तामाङले निर्मला हत्या लगायत शान्ति सुरक्षाको अवस्था बारे सरकारको ध्यानाकर्षण गराए।

सांसदहरुले सरकारको ध्यानाकर्षण गराएपछि संसदलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे गम्भीर छानविन भइरहेको बताएका छन् । मन्त्री शाहले प्रहरीले अनसन्धान तीब्र पारेको र दोषीलाई कानूनी दायरामा ल्याएरै छोड्ने बताए ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको गत बिहीबार बलात्कारपछि हत्या गरेको अवस्थामा निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो ।

मन्त्री शाहले पछिल्लो समयमा अपराधिक घटनाहरु बढेका भएपनि संलग्नलाई उम्किन नदिने प्रतिवद्धता व्यक्त गरे। ‘प्रहरीले निर्मला हत्या घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ,’ मन्त्री शाहले भने, ‘जघन्य अपराधमा संलग्नहरु कुनैपनि हालतमा उम्कन पाउने छैनन्।’

मन्त्री शाहले प्रदेश सरकारबाट सुरक्षा निकाय परिचालनका लागि प्रदेश कानून नभएको संक्रमण अवस्थाको फाइदा उठाउदै अपराधीहरुले टाउको ठड्याएको बताए । उनले भने, ‘प्रदेश सरकारले नै अहिले प्रहरी प्रशासनलाई परिचालन गर्न कानुनी समस्या छ त्यसैको फाईदा अपराधीहरुले लिने खोजेको देखियाे।’