भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य


एजेन्सी – भारतमा पेट्रोल र डिजेलको भाउ फेरि प्रतिलिटर ८० पैसाले बढेको छ । पछिल्लो दुई सातामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा ९.२० रुपैयाँले बढेको छ ।

सरकारी इन्धन खुद्रा विक्रेताहरुद्वारा जारी अधिसूचना अनुसार दिल्लीमा पेट्रोलको मूल्य अब प्रतिलिटर १०३.८१ बाट बढेर १०४. ६१ रुपैयाँ भारु कायम भएको छ । जबकी डिजेलको प्रतिलिटर ९५.०७ रुपियाँबाट बढेर ९५.८७ रुपियाँ पुगेको छ।

पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र प्रदेश सरकारले तिर्ने करको आधारमा निर्धारण गरिन्छ। प्रत्येक राज्यमा करको दर फरक हुन्छ, जसको आधारमा विभिन्न राज्यहरूमा यो मूल्य फरक हुन्छ। यद्यपि मूल्यको यो भिन्नता केवल मामूली छ।