नेपाली र चिनिया गैससलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति

नेपाली र चिनिया गैससलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति


काठमाडौं – अन्तरदेशिय गैरसरकारी संस्थाहरुलाई संयूक्त रुपमा परिचालन गर्ने उदेश्यले ३ बर्षे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

नेपाली र चिनिया गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गराउने उदेश्यले समाज कल्याण परिषद्  र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) विच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौंमा परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको सीएनआईका सदस्य सचिव झू रुईले समझदारी पत्रमा हस्ताक्षर गरीएको परिषदका प्रवक्ता हरी तिवारीले जानकारी दिए ।

समझदारी पत्रमा सिएनआईका तर्फवाट संयुक्त सहमती  गरिएका बुँदाहरु :
१.जनवादी गणतन्त्र चिन र संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालबीच भएको सम्बन्धलाई चिनिया गैसस परिचालन मार्फत अझ सुद्रिढ बनाउने ।
२.नेपालमा चिनिया विकाश सहायता सञ्चालन गर्दा नेपालको कानुन अनुरुप पालना गर्ने ।
३. नेपालको नीति तथा योजनालाई सहयोग गर्न नेपाली गैसस र परिषद्लाई साझेदार वनाएर कार्यक्रम सञ्चालन गर्न चिनिया गैससलाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने ।
४.परियोजना चरणमा समाज कल्याण परिषद् र चिनिया गैससबीच समञ्वय र सूचना सम्प्रेषणमा सहयोग गर्ने ।

समझदारी पत्रमा परिषद्का तर्फवाट संयुक्त सहमती  गरिएका बुँदाहरु :
१.नेपाल सरकारको नीति र योजनाका आधारमा विकाश कार्यक्रमहरु लक्षित बर्गका लागि सञ्चालन गर्न चिनियालाई हार्दिक आमन्त्रण र स्वागत गर्ने ।
२.सरकारी र अन्य नेपाल स्थित निकायहरुसँग सम्बन्ध राख्दा ऋल्क्ष्भ् लाई सहयोग र मार्गनिर्देश गर्ने ।
३.चिनिया गैससहरुले नेपालको कानुनी दायरामा प्रवेश गरेपछि प्रचलित नेपाल सरकारको कानुन बमोजिम समाज कल्याण ऐन, यसको नियमावली र निर्देशिकामा व्यवस्था भएबमोजिम चिनिया गैससहरुलाई भिषा सिफारिस, साधारण तथा परियोजना सहजिकरण, कार्य अनुमतिमा सहजीकरण र भन्सार छुट सुविधामा सहजीकरण गर्ने ।

त्यस्तै दुवै देशका विचमा भएका संयुक्त सहमती  गरिएका बुँदाहरु :

१. नेपाल सरकार र चिनिया सरकारको परराष्ट्र नीतिलाई सम्मान गर्दै बिकाश सहायता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
२.आबश्यकता अनुसार संयुक्त वैठकका लागि परस्परमा सूचना सम्प्रेषण गर्न सूचना संयत्र तयार गर्ने ।
३. समाज कल्याण परिषद्को संस्थागत बिकाशका लागि कार्यक्रम सञ्चालन गर्ने ।
४. दुई देश बिचमा परस्पर लाभका लागि साँस्कृतिक भ्रमण आदान प्रदान गर्ने ।

कार्यक्रममा चीनका राजदुत यु होंग लगायत उच्च अधिकारी व्यक्तिहरुको उपस्थिती रहेको थियो । चीनका ३० गैसस र नेपालका २० गैससका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।