कंचनपुरमा एनपी साउद पराजित, रमेश लेखक एमालेका भट्टलाई पछ्याउदै

कंचनपुरमा एनपी साउद पराजित, रमेश लेखक एमालेका भट्टलाई पछ्याउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर– तीन वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरमा दुई क्षेत्रबाट बाम गठवन्धनका साझा उम्मेदवार विजयी भएका छन् । कंचनपुरको क्षेत्र नम्बर १ बाट बाम गठवन्धनकी विना मगर भारी मतले विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टलाई पराजित गरेकी छन् ।

 

मगरले ३८हजार ४ सय ६७ मत प्राप्त गरिन् ।  उनका निकटम् प्रतिद्धन्द्धी विष्टले १९ हजार २ सय १९ मत पाएका छन् । मगर यसअघि विष्टसंग नै पराजित भएकी थिईन ।

 

 

यसैगरी, क्षेत्रनम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रिय नेता एवंम् पुर्व सिचाईमन्त्री एनपी साउद पराजित भएका छन् । उनलाई अखिलका पुर्व विद्यार्थी नेता नरबहादुर धामीले पराजित गरेका छन् ।

 

 

धामीले साउदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गरेका हुन । उनले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साउखले २५ हजार ८ सय ९३ मत प्राप्त गरे । धामी यसअघि साउदसंग नै पराजित भएका थिए ।

 

 

प्रदेशमा पनि एमालेका तारा लामा तामाङ,लालबहादुर खड्का र माओवादी केन्द्रका महेशदत्त जोशी भारी मतान्तरले विजयी भएका छन् ।

 

 

कंचनपुरको क्षेत्र नम्बर तीनमा बाम गठवन्धनका उम्मेदवार दिपक प्रकाश भट्टले अग्रता लिएका छन् । लेखक र भट्टको बीचमा तिव्र प्रतिस्पर्धा छ । एमालेका भट्टले  २० हजार १ सय २३ मत ल्याएका छन् भने कांग्रेसका लेखकले १९ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् ।