काठमाडौं– काठमाडौं महानगरपालिकाको कार्यपालिकाले २० जना नगर प्रहरीको बढुवा गरेको छ।
पदोन्नति हुने अधिकारीमा नगर प्रहरी निरीक्षक (अधिकृत स्तर छैंठौ तह) बाट नगर प्रहरी नायव उपरीक्षक (अधिकृत स्तर सातौं तह) पदमा मनोजप्रसाद लामिछाने बढुवा भएका छन्।
त्यस्तै नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षक पदमा ८ बढुवा भएका छन्। यसरी बढुवा हुनुहुनेमा सूर्यबहादुर केसी, धर्मराज भण्डारी, जनार्दन अधिकारी, राधाकृष्ण थापा, राजन कुमार कार्की, विष्णुबहादुर बोगटी, ईश्वर प्रसाद वाग्ले र शिवजी दाहाल छन्।
नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षक पदमा ११ जनाको विशेष बढुवा भएको छ। जसमा श्यामबहादुर कंडेल, योगेन्द्रप्रसाद चौधरी, अर्जुनप्रसाद सिंखडा, विनोद महतो कोइरी, शम्भु विष्ट, गोविन्द पोखरेल, विष्णुराज शर्मा दाहाल, श्यामप्रसाद तिमिल्सिना, अजम्वर श्रेष्ठ, रामहरि कार्की र बलराम तिमिल्सिना छन्।
महानगरका मेयर विद्यासुन्दर शाक्यले, नगर प्रहरीमा बढुवा हुनुभएका १ नायव उपरीक्षकसहित २० जनालाई दज्र्यानी चिन्ह प्रदान गरे।
प्रतिक्रिया