छक्कापञ्जा ३ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

छक्कापञ्जा ३ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  यस वर्षको प्रतिक्षा गरिएको सिनेमा ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक भएको छ। केही दिन अघि मात्र छायांकन सकाइएको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। लोक लयमा रहेको गीतमा गायक डेभिड शंकर र बिन्दु परियारको स्वर रहेको छ। गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने संगीत दीपक शर्माको रहेको छ।

‘पहिलो नम्बर’मा बोलको सार्वजनिक गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, वर्षा राउतको नृत्य रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको ‘छक्का पन्जा ३’ दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्। चलचित्रमा कथा दिपकराज गिरीको रहेको छ भने संवाद दिपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे, यमन श्रेष्ठको रहेको छ।