दोक्लम प्रकरणपछि पहिलो पटक भारत पुगे चिनियाँ विदेशमन्त्री

दोक्लम प्रकरणपछि पहिलो पटक भारत पुगे चिनियाँ विदेशमन्त्री


काठमाडौं–  चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणको क्रममा नयाँदिल्ली पुगेका छन्।

 

चीन र भारतबीचको दोक्लम विवाद अन्त्य भएपछि चिनियाँ उच्चस्तरीय टोली पहिलो पटक भारत पुगेको हो।

 

 

रुस–भारत–चीन त्रिपक्षीय बैठकमा सहभागी हुन भारत पुगेका वाङल र समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।

 

तीन देशबीच क्षेत्रीय र विश्वव्यापी मुद्दाहरुमा छलफल हुने बताइएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोव पनि नयाँ दिल्ली पुगिसकेका छन्।