राप्रपा अध्यक्ष थापाले गरे विभागिय प्रमुखको मनोनयन,यस्तो छ सुची ?

राप्रपा अध्यक्ष थापाले गरे विभागिय प्रमुखको मनोनयन,यस्तो छ सुची ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभागका प्रमुखहरुको मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम विभागका सदस्यहरुको नियुक्त गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रचार बिभागका प्रमुख मोहन श्रेष्ठको सिफारिस अनुसार सदस्यहरुमा दिनेश साह (मोरङ), वि.एन. दाहाल (झापा), सुजित के.सी.(काठमाण्डौ), सूर्य बास्तोला (कास्की), इरसाद आलम (रुपन्देही), खगेन्द्र सापकोटा (ललितपुर), शशि भण्डारी (चितवन), लिला अनमोल (झापा), प्रदिप दाहाल (काठमाण्डौ), राधिका जोशी (कंचनपुर), दिप के.सी. (उदयपुर), प्रेम वि.सी. (सुर्खेत) मनोनयन भएका छन् ।

त्यस्तै आर्थिक बिभागका प्रमुख उद्धव पौडेलको सिफारिस अनुसार आर्थिक व्यवस्थापन समितिको सदस्यहरुमा चन्द्र बहादुर गुरुङ्ग (कैलाली), तिर्थराज चटौत (कंचनपुर), पुष्कर ढुङ्गेल (सिन्धुपाल्चोक), सुनिता कुरुम्बाङ्ग (पाँचथर), निना भेटवाल (काठमाण्डौ), विष्णु बजगाई (मकवानपुर), शैलजा पाण्डे (काठमाण्डौ) र सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरिएको छ ।

त्यसैगरी अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका कागेश्वरी मनहरा न.पा.का अध्यक्ष एवं राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (प्रजातान्त्रिक) का महासचिव मणि सिंखडालाई राप्रपाको सदस्यता प्रदान गरी पार्टीमा प्रवेश समेत गराएका छन् ।