जानजान बेरुजु भएको पाइए कडा कार्वाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

जानजान बेरुजु भएको पाइए कडा कार्वाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमितता भए कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सबै सचिवहरुलाई राखेर प्रधानमन्त्री ओलीले आर्थिक अनियमितता नहुने गरी काम कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुप्रति चिन्ता समेत व्यक्त गरेका छन् । उनले आउँदो आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य सम्पादन गर्न सबै मन्त्रालयका सचिवहरुलाई सचेत समेत गराएका छन् । बेरुजु बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओली आफै अग्रसर भएका छन् ।

प्रधानमन्त्रीले जानाजान बेरुजु गर्नु भ्रष्टचार भएको बताए । उनले जानजान बेरुजु भएको पाईए त्यसमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार ऐजेण्डा नै आर्थिक सुशासन भएको भन्दै बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन ।

महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु घटाउन अभियाननै संचालन गर्ने योजना अघि सारेको छ । बैठकमा मुख्य सचिव, सचिव, संवैधानिक अंगका लेखाप्रति उत्तरदायी अधिकृतहरुको उपस्थिति रहेको थियो ।