ढिलासुस्ती गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने गृहमन्त्रीको थापाको चेतावनी

ढिलासुस्ती गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने गृहमन्त्रीको थापाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन् ।

गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजनक रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘ प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरीएको हो भने त्यो मान्य हुनेछैन । ’ उनले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए ।

गृहमन्त्रीले भने, ‘ अहिले हामी सक्रिय भएपछि अपराधीहरु निश्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनिहरु फेरी सक्रिय हुन्छन् । त्यसैले उनिहरुको सञ्जाल तोडिने गरी काम गर्नुहोस् । ’

उनले यो अवधीमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्पष्ट पारे ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरुप आफुहरुले हालसम्म गरेका कामकारवहीको विवरण प्रस्तुत गरेका थिए ।

८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आईसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरीएको थियो ।