टिकापुर हत्याकाण्डका योजनाकार चौधरी २१ हजार मतान्तरमा विजयी

टिकापुर हत्याकाण्डका योजनाकार चौधरी २१ हजार मतान्तरमा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार रहेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका छन् ।

 

 

 

राजपाबाट उम्मेदवार बनेका चौधरी बाम गठबन्धनकी एमाले उम्मेदवार मदनकुमारी शाहलाई २१ हजार मतान्तरले हराउदै निर्वाचित भएका हुन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए ।

 

 

निकटतम प्रतिदेवन्द्वी शाहले १३ हजार ४ सय ६ मत ल्याइन् । टिकापुरको कैलालीमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो ।

 

 

घटनाको मुख्य दोषीका रुपमा प्रहरीले खोजी तीव्र पारेपछि चौधरी भारत पसेका थिए । हाल पनि उनी भारतमै छन् ।