सांघाईबाट बामगठवन्धनका नेताहरुलाई नेपाली विद्यार्थीको मार्मीक पत्र

सांघाईबाट बामगठवन्धनका नेताहरुलाई नेपाली विद्यार्थीको मार्मीक पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कमला बोहरा
केहि महिना अघि देखि अध्ययनको सिलसिलामा मित्र राष्ट्र चिनको आर्थिक क्षेत्र भनि घोषणा गरिएको अत्यन्तै पुरानो र बिकसित सहर संघाईमा छु । यो समय नेपालमा चुनावी सरगर्मीले सम्पुर्ण देश तातेको छ, छापादेखि प्रत्येक ब्यक्तीका सामाजिक संजालहरु आ–आफ्नो पार्टी र नेताहरुको प्रचारमा समर्पित भएका छन् ।

 

 

प्रत्येक पार्टिका नेताहरु  आ–आफ्ना घोषणापत्र र प्रतिबद्धताहरुसहित जनताका गांउ बस्ति,घरखेतबारी, पुगेर आस्वासनहरु बाडिरहेका छन । यी सबै कार्यक्रमहरुमा आफु सहभागि हुन नपाएपनी देशको बिकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने नेतृत्व चुनियोस भन्ने सबै नेपालीको चाहनाजस्तै मेरो पनि चाहना छ ।

 

 

 

नेपाली जनता बिकास र कुशल नेतृत्वका लागि लालायित त छन नै तर पटक–पटक पाएका खोक्रा आश्वासन र भाषणले त्यत्तिकै बिस्वास गर्न तयार नरहेको कुरालाई जनताको  उनिहरुको आक्रोश,अभिव्यक्ति,अविश्वास र अपेक्षाबाट प्रष्ट हुन्छ। अर्कों महत्वपुर्ण र रोचक कुरा यसपटक बाम गठबन्धन र प्रजातान्त्रिक भन्न रुचाउने दलहरुको बिचमा प्रतिस्पर्धा हो । निकै लामो समयको प्रतिक्षापछि बाम गठवन्धन बनेर विजयको उन्मुख छ यसले नेपाल र नेपाली जनताको लागी ठुलो भरोसा थपेको छ ।

 

 

        
 नेपाली राजनितीक इतिहासमा लगातार २४ बर्ष शासन गरेको देशको ठुलो र बूढ़ों पार्टी कांग्रेसका सभापती तथा बर्तमान देशको प्रधानमन्त्री शेर बहादुर देउवा सहित कमल थापा, पशुपती शमसेर जबरा,लोकेन्द्र बहादुर चन्द लगायतले देशको पटक पटक बागडोर सम्हालेर प्रधानमन्त्रीको बिल्ला लाएका आफुलाई देशको मालिक सम्झने नेताहरुको बिभिन्न संचार माध्यमका  अभिव्यक्तिले साच्चिकै उनिहरु बामगठबन्धनसंग अत्तालिएको कुरा बुझ्न सकिन्छ ।

 

 

चुनावी प्रतिष्पर्धामा एकले अर्कोलाई आरोप प्रतिआरोप गर्ने कुरा नेपाली राजनितीक बृत्तमा सामान्य लाग्ने कुरा हो , तर केही दिन अघि देशका प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट शासनका बिषयमा जनतालाई दिग्भ्रमित पार्ने अभिव्यक्ति दिएपछि मलाई केहि लेखौ भन्ने लागेको हो ।

 

 

 

सम्माननीय प्रधानमन्त्री यु म अहिले कम्युनिस्टहरुले शासन गरिरहेको गणतन्त्र मुलुक चीनमा छु । लामो ईतिहास बोकेको यो मुलुकमा कम्युनिस्टहरुले शासन गरेको मात्रै ६८ बर्ष भएछ । कम्युनिस्ट पार्टीको असि प्रतिशत बाहुल्यता रहेको चिनमा छोटों समयमा आएको जादुई परिवर्तन नजिकबाट देखे सुनेका नेपाली जनता सामु कम्युनिस्ट सरकारलाई सराप्नु त्यति अर्थपुर्ण होला जस्तो लागेन ।

 

 

 

मेरा एकजना प्राध्यापकले कक्षामा भन्नु भो चिनमा पनि लामो राजतन्त्र को इतिहास छ र ति राजाहरुका पालामा चिनका जनताहरु पनि निकै समस्याहरु बाट गुज्रिएको थिए रे । उनको भनाईअनुसार जब चिनको राजतन्त्र ढालेर चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओले तियानमिन स्क्वायरबाट चिनिया जनताको नाममा संबोधन गर्दै गणतंत्र मुलुकको घोषणा गर्नु भो त्यस दिन देखि चिनीया जनताको भाग्य फेरियो रे ।

 

 

उनले चिनमा राजतन्त्रको अवसानपछि चिनियां जनताका सुनौला दिनहरु सुरु भएको, मालिक र राजाका  लागि काम गर्नुपर्ने र गरिबिका कारण भोकमरीले मर्नुपर्ने क्रुर ब्यवस्थाको अन्त्य भएको समेत बताएनन् अहिले सबै जनता समान भएको समेत अनुभूती हामीले सुनाए ।

 

 

माओत्सेतुडंलाई भगवान जस्तै आदरका साथ भावबिभोर भई नाम लिने प्रत्येक चिनिया जनताहरु सुखी र समृद्ध छन अहिले ।  बिश्वलाई चकित पार्ने चिनको बिकासले आज सम्पुर्ण संसारलाई नै आकर्षित गरिरहेको छ । १५ बर्ष मुनिका बालबालिका बाहेक सबै जनतालाई उनिहरुको क्षमता अनुसारको रोजगारीका कारण सबै ब्यस्त छन ।

 

 

उनिहरुको प्रतिब्यक्ती आय ९ हजार अमेररिकी डलर रहेको छ । प्रत्येक पटक परिवर्तन हुने नया अध्यक्षले आफ्नो कार्यकालमा देशको हित हुने दुई या तीन वटा राष्ट्रिय निति पास गर्ने , जस्ले बिशाल चिनको सम्पुर्ण बिकासमा नया आयाम थपिदै जाने परम्परा जस्तै बिकास भएको रहेछ ।

 

 

 

प्रत्येक सडकका गल्ली र फराकिला बाटाका छेउहरुमा लहरै फुलेका रंगीचंगी सुगन्धित फुलहरु र हरियाली बोटबिरुवाहरुले चिनको कम्युनिष्ट शासन ब्यवस्था लाई बर्षौ बर्षका लागि स्वागत गरिरहेको दृष्य रोमान्चकताको साथ हेरीरहुजस्तो लाग्छ ।

 

 

तलै तला परेका फराकिला बाटाहरु जमिनमुनी सर्पझै कुद्ने रेलहरु , जमिनमाथि प्रबिधीलाई चकित पार्ने अति द्रुत गतिका रेल र एयरपोर्टमा कमिला जस्तै देखिने हवाईजहाजले हामितिर फर्केर  हाम्रो गणतान्त्रिक मुलुकको राजधानी का धुलाम्य बाटाहरु, डुड़डुड्ती गन्हाउने खोलाहरु, अब्यवस्थित फोहोरका डंकुरहरु र सड़क बालिका र असहाय घरबारबिहीन वृद्ध वृद्धाहरु सबै लाई गिज्याउछ जस्तो लाग्छ ।

 

 

त्यसैगरी काठमाडौंको भयानक प्रदुषणले क्यान्सर, टिभी, हृदयघात जस्ता डरलाग्दा रोगका कारण बिना आयु जिवन गुमाई रहेका युवा युवतीहरु र फोक्सो खुम्याच्उदै अनुहार ढाक्ने माक्स लाएर मन्द स्वास फेर्दै हिडीरहेका बिदेशी पर्यटकहरुतिर फर्केर प्रजातन्त्रका मसियाहरुलाई थुकिरहेको भान हुन्छ ।

 

 

 

राज्यको निति र नियम लाई अक्षरसः पालना गर्ने चिनियां कर्मचारीतन्त्र र राष्ट्रप्रती बफादार नेताहरुका कारण आज चिन एउटा स्वर्गको टुक्रा जस्तै सजिएको छ । कामप्रतिको उच्च सम्मान र राष्ट्रभक्त जनताहरु नै चिन राष्ट्रको बिकासको आधार हुन् । गरिब धनि भन्दा पनि योग्यता,क्षमताले स्थापित जनता र उनको आर्थिक अवस्था अनुसारको बजार व्यवस्थाका कारण महंगीले गरिब जनता मर्दैनन्।

 

 

 

तर, हाम्रो देशका नेताहरु जो चुनावको समयमा यो या त्यो बोल्दै देशको प्रमुख निकायमा रहेर आफ्नो राज्यका महत्वपुर्ण सुचना बिदेशीलाई बेचेर राष्ट्रियता लाई कमजोर पार्ने र कमजोर राष्ट्रको बलियो नेता वाँ प्रमुख हुन रमाउनेहरु लाई देख्दा नेपाली जनता संसारकै अभागीहरुको लिष्टमा पर्छनजस्तो लाग्छ ।

 

 

 

बर्षौ बर्ष सरकारमा रहदा आफ्नो क्षमताले देश बिकासमा एउटा ईटा पनि थप्न नसक्ने नेताहरु र चुनाब देखि चुनाब सम्मका लागि मात्रै गर्ने अतिरिक्त क्रियाकलापले जनतालाई भुलाई फकाई गर्ने बाहेक गतिलो काम केही पनि गरेको भेटिदैन ।

 

 

नेपाल र नेपाली जनताले  राजनितीक पार्टीका नेताहरुलाई बिश्वास गरेर पटक–पटक बिभिन्न ऐतिहासिक आन्दोलन हरु सफल बनाए तर त्यसबाट आउने प्रतिफलमा नेताहरु मात्रै रमाए र जनता जहाका त्यही रहे । गर्नुपर्ने सामान्य भन्दा सामान्य कामहरु पनि नगर्ने र केही गर्दछु भन्ने सपना बोकेका नेताहरुलाई सन्किको उपमा दिदै बिदेशीको सहायता सफल पार्न अहोरात्र मेहनत गर्ने गलत मानसिकताको बाहुल्यताको कारण देश परिवर्तन हुनै सकेन ।

 

 

मैले यो कुरा किन जोड्न खोजेको पनि हो भने यो समय भनेको जनताले हासिल गरेका सम्पुर्ण ऐतिहासिक सफलताहरुलाई लिपिबद्ध पार्दै राजनितीक सफलतालाई सार्थक बनाउन सहि बिचार र मुल्य मान्यता बोकेको पार्टिलाई जिताउन चुक्यौ भने फेरी देश बिकासमा बाधा पुग्छ र आधुनिक नेपाल को सपना गर्भमै तुहिन्छ ।

 

 

 

नेपाललाई अस्थिरताको भुमरीमा धकेली बिकासमा बाधा पुर्याउन हरबखत तल्लिन मित्र राष्ट्रको कारण स्थिर राजनितीक अवस्था हुन नदिने खेलबाट माथि उठेर  यसपटक नेपालका जनताले थोरै भएपनि आशा र विस्वास गरेका पार्टिहरु एक भएर बामगठवन्धन बन्नु नेपाली राजनितीको चित्रले आकार प्राप्त गर्ने अनुमान गर्न सकिन्छ र यो गठबन्धन ले त्यो साहस देखाएको छ । यो गठबन्धनमा कुनै स्वार्थ भएन भने नेपाल केहि बर्षमै बिकास र प्रबिधिले भरिपुर्ण हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।  

 

 

जाली प्रपंचमा रमाई कर्मचारीलाई भ्रष्ट हुन सहयोग गर्ने र उनिहरुको इसारामा सरकार संचालन गर्ने भ्रष्ट नेताहरुकै कारण नेपाल आज मरुभूमिमा परिणत हुदैछ । अथाह सम्भावनाले भरिपुर्ण भएपनि जानाजान अरुको ईसारामा घुमेर आफ्नो घर भत्काउने हनुमान प्रबृतीले नेपालका लाखौ युवा वेरोजगार र बिदेशी भुमिमा छन ।

 

 

चर्को कमिसनतन्त्र र दुरदृष्टी नभएका केही नेताहरुको मुट्ठीमा अडेको सरकारको शक्ती तल्लो पुस्ताका नबिन सोच र दुरदृष्ट्री भएका सकरात्मक बिचारको नेतृत्वको हातमा पार्ने बेला भनेको यही चुनाव हो ।

 

नेपाली जनताले प्राप्त गरेको नैसर्गिक अधिकारलाई प्रयोग गरेर कुनैपनि लोभलालचमा नफसी आफ्नो मतको बिबेकसहित प्रयोग गर्न सकियो  भने राम्रा मान्छेहरुको हातमा सरकारको बागडोर पर्न सक्छ र पाँच बर्षमा नेपालको बिकासमा थोरै भएपनि केही आयाम थपिन सक्छ ।

 

 

 

बग्रेल्तीरहेका पार्टिहरु कोही बिकासे नारा त कोही भुगोल र जातकों आधारमा चुनावमा होमिएकाहरुलाई  जनताले यसै पाली चिन्न जरुरी छ । अझ युवाहरुले त आफु मात्रै नभई अब आउने पिढिको भविष्यलाई सम्म मध्यनजर गरि आफु र आफ्नो परिवार र समाजलाई नै सहि ठाउमा मतदान गराउन लाग्नुपर्छ । अहिले सम्मको परिप्रेक्ष्यमा हेर्ने हो भने कम्युनिस्ट पार्टिको सरकारका बेलामा थोरैसहि जनताको पक्षमा महत्वपुर्ण निर्णयहरु भएका छन् ।

 

 

 

आफ्नो गाउ आफै बनाउ,गरिबि निवारण योजना, बृद्द भत्ता देखि संघिय शासन ब्यवस्था ले जनताको घर घरसम्म पुर्याएको चेतना कम्युनिस्ट पार्टिहरुको  राजनितीक सफलता हो । यदि नेताहरुले साच्चै चाहदा केही हुने रहेछ भन्ने कुराको उदाहरण पुर्ब प्रधानमन्त्री  के पी  शर्मा वलीले थालेको प्रयत्नबाट प्रष्ट हुन्छ ।

 

 

सधै नाड़लो ठटाएर छिमेकी तर्साएको अभिनय गर्ने भारतले छ महिना नाकाबन्दी गर्दा समेत नझुकेर जनताको साथ र समर्थन अनुरुप नडगमगाई अघि बढेका केपी शर्मा वली र राष्ट्रीय राजनितीका मुर्धन्य नेता पुष्पकमल दाहाल बिचमा  यतिखेर भएको सहमतिले नेताहरुलाई एक बनाएर बामगठन्धनका रुपमा मैदानमा उतारेका  छन् ।

 

 

 प्रधानमन्त्री शेरबहादुर देउवाले भनेझै यदि कम्युनिस्ट पार्टिको बहुमतको सरकार बन्यो भने  प्रत्येक नेपालीले नेपालको लागि आफ्नो स्वाभिमान को र राष्ट्रको हितको लागि आफ्नै देश बिकास गर्ने अवसर प्राप्त गर्नेछन ।

 

 

देश भित्रै रोजगारीका तमाम ढोकाहरु खोलेर बामगठबन्दनका नायकहरुले सबै बर्ग समुदाय र क्षेत्रको बिकासका लागि नवीन योजनाहरु बनाई राज्यको मुहार फेर्ने छन । जसरी चिनले बेल्ट एण्ड रोडको योजनाबाट बिश्वलाई परिवार बनाउदैछ त्यसरी नै नेपालले पनि चिनको सहायता लगेर भारतसंगको समदुरीमा राज्यलाई बलियों बनाउदै आर्थिक लगानिहरु भित्र्याउनेछ र बिस्तारै कम्युनिस्टहरुले निर्माण गरेको बिकसित देश भनेर जनताले गर्व महशुस गर्नेछन ।  

 

 

२००७  देखि अहिले सम्म पटक पटकको सरकार संचालनमा बामहरु आफै फुटेर टुक्रा टुक्रा भई जनताको अभिमतलाई अपमान गरेको कारण  थोरै प्रतिशतमा मात्र सिमित बिभिन्न नाममा सामन्ती चिन्तनका मालिकहरुले शासन गर्ने अवसर पाए ।

 

 

अवश्य पनि कम्युनिस्ट ब्यवस्था  अलि क्रुर नै हुनेछ, भ्रष्ट ,तष्कर र दिनभर निकम्मा हुन चाहनेहरुका लागि  त्यो हुनैपनि पर्छ । जनतालाई प्रत्यक दिन ब्यस्त राख्ने र काम अनुसारको पारिश्रमिकको ब्यवस्था गर्ने सरकारले निति ल्यायो भने साच्चीकै नेपाली जनताले रुन पाउने छैनन् ।

 

 

 

यातायातको सबल ब्यवस्थाका कारण काठमांडू जागिर गरेर परिवारका सदस्य साँझ आफ्नै घरमा फर्कने छन । पक्कै पनि बामगठबन्धनको सरकारले असल राष्ट्रीय निती लागुगरी देशलाई हराभरा बनाउन सहयोग पुग्ने छ । प्रत्येक नेपाली नागरिक को श्रम र पशिनाले सिन्चित हाम्रो देश नेपाल छोटों समयमा मा स्वर्गको एक टुक्रा हुनेछ र विस्वभरका पर्यटकको ओईरो लाग्नेछ ।

 

 

त्यसैबाट हाम्रो देशको रेमिट्यान्स बढाउने छौ, सबै नेपालीको थाप्लोमा रहेको बिदेशी ऋण बाट मुक्त भई ब्यस्त बृद्ध, युवा र लगनशील बिद्यार्थीहरुको सुन्दर फुलवारी हुनेछ र साच्चै कसैले रुन नपर्ने मेरो देश बन्नेछ ।

 

सबै परिवार सुखी र स्वस्थ हुनेछन, बिदेशबाट बाकसमा युवाहरुको सास हैन बिश्वभरका युवाहरु नेपालको सुन्दरता र बिकास हेर्न ओईरो लाग्नेछन । फेवाताल, लुम्बिनी, रारा र सगरमाथा देशको गौरब हुनेछन र कम्युनिस्ट पार्टिका नेताहरु देवतासरह सम्मानित हुदै देश कम्युनिष्टहरुको सासनमा चल्नेछ । कम्युनिस्टहरुलाई विस्वास र सम्मान गर्ने एक विद्यार्थीको तर्फबाट शुभकामना बामगठवन्धनलाई ।