काठमाडौं – प्रतिनिधिसभा वैठक पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत थिए।
उनको ७३ वर्षको उमेरमा साउन १५ गते मंगलबार दिउँसो २ बजेर ५० मिनेटमा बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो। प्रतिनिधिसभाले जोशीको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गर्यो। प्रतिनिधिसभाको अर्को बैठक बिहिबार १ बजे बस्ने गरी स्थगित भएको छ।
प्रतिक्रिया