कञ्चनपुर निर्मला हत्या प्रकरणमा संग्लन दुईजना पक्राउ

कञ्चनपुर निर्मला हत्या प्रकरणमा संग्लन दुईजना पक्राउ


काठमाडौं –  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा दुईजना पक्राउ परेको बताएका छन् ।

बिहीबारको संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कैलालीको महोन्यालका २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षीय दिपक नेगी पक्राउ परेको जानकारी दिएका हुन ।

गत साउन १० गते कञ्चनपुरको भीमदत्तर पालिका २ की निर्मला पन्त साथीको घरमा होमवर्क गर्ने भन्दै गएकी थिइन । साँझसम्म घर नआएपछि ११ गते निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा निर्मलाको शव फेला परेको थियो । गृहमन्त्री थापाले घटनाले आफुलाई स्तब्ध पारेको बताउँदै घटनाको सिआइबीले छानविन गरिरहेको बताए ।