झापा–प्रहरीले ९६ हजार नक्कली भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई झापाबाट पक्राउ गरेको छ।
प्रहरीले पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दाका मोहमद अरजउल करिम मियाँलाई दमक–६ स्थित सब्जी बजारबाट भारतीय नक्कली रुपैयाँसहित पक्राउ गरेको हो।
मियाँको साथबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयल दमकले जनाएको छ।
मियाँविरुद्ध मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए।
प्रतिक्रिया