काठमाडौं– स्याङयोङ मोटर्सले नेपाली बजारमा सुविधाजनक रेक्सटन गाडी बजारमा ल्याएको छ । कम्पनीले नेपालको लागि मोटर्सको आधिकारिक विक्रेताको जिम्मा आइएमएस मोटर्सलाई तोकेको छ ।
राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा आइएमएस ग्रुपका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा मोटर्सका निर्देशकले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका गरेका थिए ।
ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गाडीका पार्टपूर्जा र सर्भिस सेन्टरहरु संचालनमा ल्याईने जानकारी समेत उक्त कार्यक्रममा दिएका थिए । उक्त कोरीयन गाडीको मुल्य अहिले १ करोड ११ लाख ९९ हजार तोकिकएको छ ।
कम्पनीले उक्त मुल्यमा ४ लाख छुट समेत दिने घोषणा गरेको छ । गाडीको एसयुभीमा ३ वर्ष र ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।
प्रतिक्रिया