नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसिय खेल आज

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसिय खेल आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। यसअघि एकदिवसिय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो।

पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। तर त्यसपछि आफ्नो लय गुमाउँदा नेपालले बाँकी ४९ रन जोड्दा सबै खेलाडीलाई गुमाउनुपरेको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्स सामु बलिङमा राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने पुरानै समस्या दोहोरिएको थियो। उता नेदरल्यान्ड्सले पनि ब्याटिङमा भन्दा बलिङमा सुधारिएको प्रदर्शन गरेकोले दोस्रो खेलमा दुवै टोली ब्याटिङ सुधार्ने रणनीतिमा हुनेछन्। खास गरी नेपालको मध्यपंक्तिले सुधार गर्नुपर्ने देखिएको छ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले दोस्रो खेल गुमाउँदैछन्। उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन्। नेपालले शुक्रबार हुने दोस्रो खेलमा जित निकाल्ने लक्ष्य बनाएको छ।