सोमबार नेप्से ४८ अंकले घट्यो

सोमबार नेप्से ४८ अंकले घट्यो


काठमाण्डु – सेयर बजार (नेप्से)मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो ।

बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ । सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा ३९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए । नेप्सेमा सोमबार एक मात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएकाे छ ।