नक्कली नोटसहित पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता २५ लाख धरौटीमा रिहा

नक्कली नोटसहित पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता २५ लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटीमा छुटेका छन्। उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार  शुक्रबार धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन् ।

वाग्लेको प्रोडक्सन हाउस ‘प्रिरन्सेस मुभिज’को कोठामा खानतलासी गर्दा साढे २ करोड नक्कली नोट भेटिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले गत जेठ पहिलो साता पक्राउ गरेको थियो।

वाग्ले चलचित्र लुटका निर्माता हुन् ।निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।