इनार सफा गर्दैगर्दा निसास्सिएर काठमाडौंमा तीन जनाको मृत्यु

इनार सफा गर्दैगर्दा निसास्सिएर काठमाडौंमा तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– इनार सफा गर्ने क्रममा निसास्सिएर काठमाडौंमा तीन जनाको मृत्यु भएको छ।

महानगरपालिका–२६ कपुरधारास्थित इनार सफा गर्ने क्रममा निसास्सिएर ७० वर्षीय मेघवर्ण गौतम, कैलाली टीकापुरका २३ वर्षीय रमेश चौधरी र भारतीय नागरिक अशोक कुमारको मृत्यु भएको महानगरीय प्रहरी वृत लैनचौरले जनाएको छ । मृतकमध्ये गौतम घर मालिक हुन् भने बाँकी दुई कामदार।

दुवै जना बेहोस भएपछि घरधनी घेमबर्ण समेत इनारभित्र छिरेका थिए।

उद्धार गरेर तीनै जनालाई अस्पताल लगिएकोमा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतम केसीले बताए।