थाहा पाउनुुहोस् प्रदेश प्रमुखको तलब सुविधा

थाहा पाउनुुहोस् प्रदेश प्रमुखको तलब सुविधा


काठमाडौं– निर्वाचन सकिएसँगै सरकारले प्रदेश प्रमुख तोक्ने तयारी थालेको छ।

 

 

 

प्रदेश सभा प्रमुख नियुक्तिसँगै पाउने सेवा सुविधाहरुको पनि टुङ्गो लागेको छ।

 

नेपालको संविधानको अनुसुची १ दफा २ को उपदफा ६ र ७ ले प्रदेश प्रमुखको पारिश्रमिकमा तोकेको नियमानुसार पारिश्रमिक प्रति महिना ६४ हजार, पोसाक सुबिधा १८ हजार, अतिथि सत्कार तथा भैपरी खर्च ४० हजार प्राप्त गर्ने छन्।

 

 

अनुसुची २ को दफा ११ र १२ मा प्रदेश प्रमुखले पाउने दैनिक भत्ता र बिमाको रकम तोकेको छ।

 

उक्त दफामा स्वदेश भम्रण गर्दा दैनिक भत्ता ३ हजार र विदेश भम्रणमा जाँदा दैनिक भत्ता २ सय ५० अमेरिकी डलर र १लाख ५० हजार।को विमा पाउने छन् ।

 

 

 

अनुसुची –३ मा प्रदेश प्रमुखको सचिवालयमा स्वकिय सचिव, सहस्वकिय सचिव, उपस्वकिय सचिव,स्वकिय अधिकृत, फोटोग्राफर अधिकृत, कम्युटर सहायक, प्रशासन सहायक ,लेखा साहायक एक एक जना कर्मचारी रहने व्यवस्था छ।

 

 

साथै सवारी चालक २ र कार्यालय सहयोगी २ जना रहने व्यबस्था उल्लेख गरेको छ।