​६ वर्षीय बालकको वार्षिक कमाई एक अर्ब! (भिडियाेसहित)

​६ वर्षीय बालकको वार्षिक कमाई एक अर्ब! (भिडियाेसहित)


काठमाडौं– ६ वर्षीय बालकको कमाइ कति होला? प्रश्न उठ्न सक्छ ६ वर्षीय बालकले पनि कमाउछ र?

 

 

तर, बालक रेयानले हरेक हप्ता यूट्यूबमा खेलौनाको रिभ्यू गर्छन्। रिभ्यू गरेबापत उनलाई राम्रै पैसा पाउने गर्छन।

 

 

रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए। यो रकम झण्डै एक अर्ब नेपाली रुपैयाँ बराबर हो। ६ वर्षीय रेयान इन्टरनेटमार्फत सबैभन्दा बढी पैसा कमाउनेहरुको सूचिमा परेका छन्। उनी रेयान टोयज् रिभ्यू नामक एक यूट्यूब च्यानल चलाउँछन्।

 

 

उनले विभिन्न खेलौनाका बारेमा समीक्षा गरेका हुन्छन्। उनका भिडियो करोडौं पटक हेरिएको छ।

 

 

उनलाई फोब्र्स म्यागेजिनले सन् २०१७ मा इन्टरनेटमार्फत सबैभन्दा बढी पैसा बुझ्ने स्टारको सूचिमा राखेको छ। मार्च २०१५ मा सुरु भएको रेयान टोयज् रिभ्यूको भिडियो अहिलेसम्म १६ अर्बभन्दा बढी पटक हेरिएको छ।

 

 

रेयान विश्वभर प्रसिद्ध छन् तर उनको पूरा नाम धेरैलाई थाहा छैन । केबल उनी अमेरिकी भएको कुरा सार्वजनिक भएको छ।

 

 

रेयानको एउटै भिडियो ८० करोडभन्दा बढी पटक हेरिएको छ । २०१५ मार्चमा सुरु भएको उनको च्यानलमा अहिले एक करोडभन्दा बढी सब्सक्राइबर्स रहेका छन्।

 

(बीबीसी हिन्दीबाट अनुवादित)