कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट विदा बस्ने तयारीमा

कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट विदा बस्ने तयारीमा


काठमाडौं – संसदिय सुनुवाई समितिले प्रधानन्यायाधीश नियुक्तीका लागी अयोग्य ठहर गरेका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट विदा बस्ने भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने र पेशी पनि आफै तोक्ने बताएपनि अन्तत उनि बिदामा बस्न सहमत भएका हुन ।

जोशीले शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको उनि निकट स्रोतले जानकारी दियो ।

जोशी तत्कालका लागि विदामा बस्न लागेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । आईतबारबाट वरियतामा दोस्रो नम्बरमा रहेका न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नेछन् । जोशीपछि मिश्र नै प्रधानन्यायाधीश बन्ने लाइनमा छन् ।