बालबालिकामन्त्री भन्छिन्– बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद

बालबालिकामन्त्री भन्छिन्– बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा मन्त्री थापाले बालिकाको बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी हुन्।

वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ती मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उनले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताइन् ।

मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गरिन् ।