ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १६ वीरगञ्ज भन्सार कार्यालय अगाडिबाट भारतको मोतिहारीका ३० वर्षीय निराजन कुमार र रक्सौलका १९ वर्षीय राजन गुप्तालाइ पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले लागु औषध ईन्जेक्सन डाईजेल्याब ५ सय पिस, नुर्फिन ५ सय पिस र फेनरगन ५०० पिस गरी जम्मा १५ सय पिस फेला पारेको जनाएको छ।

चेकजाँचका क्रममा BR05H 5843 नं.को स्कार्पियो गाडीमा सो लागु औषध फेला परेको थियो। पक्राउ परेकाहरुमाथि लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।