वन मन्त्री बस्नेतले गरे मन्त्रालयका सहसचिवहरुको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

वन मन्त्री बस्नेतले गरे मन्त्रालयका सहसचिवहरुको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहसचिवहरूको सरुवा गरेका छन्।

मन्त्री बस्नेतले सचिव डा विश्वनाथ ओलीसँग छलफल गरेर विभाग, महाशाखाका जिल्ला वनमा कार्यरत सहसचिवहरुको सरुवा गरेका हुन्। सरुवा भएका सहसचिवहरूले आइतबार नै पत्र बझिसकेका छन् ।  मन्त्रालयले दिएको जिम्मेवारी अनुसार सहसचिवहरूले पत्र बझिसकेका छन् ।

मन्त्री बस्नेत यसअघि यसअघि आफू क्षमता, दक्षता र योग्यतालाई सधैँ ख्याल गर्ने बताउँदै कसैलाई पनि अन्याय नहुने गरी जिम्मेवारी बांडफाँट गर्ने बताउँदै आएका थिए।

–धनन्जय पौडेल : प्रदेश ५ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयको सचिवमा
–सूूर्यकान्त सिग्देल :  प्रदेश ५ बाट वन तथा वातावरण मन्त्रालयमा
–बद्रीराज ढुंगाना :  प्रदेश १ को उद्योग, वन, वातावरण मन्त्रालयको सचिवमा
–पेम कँडेल :  राष्ट्रपति चुरे तराई मधेस विकास समितिको सदस्य सचिवमा
–हेमलाल :अर्याल वन तथा वातावरण मन्त्रालयमा
–डा.रामप्रसाद लम्साल : वन विभागका महानिर्देशकमा
–कृष्णप्रसाद आचार्य : वन तथा जलाधार व्यवस्थापन महाशाखामा
– डा. महेश्वर ढकाल : जलवायु परिवर्तन महाशाखामा
–यज्ञ दाहाल : जैविक विविधता महाशाखामा
–डा .सिन्धु ढुंगाना  : वन तथा वातावरण मन्त्रालयको योजना महाशाखामा
– राधा वाग्ले : रेड कार्यान्वयनमा
–चन्द्रमान डंगोल : सहभागीतामूलक वन व्यवस्थापन महाशाखामा
–अखिलेश कर्ण : वन तथा वातावरण मन्त्रालयमा

–कैलालीका डिएफओ नवराज काफ्ले, दाङका डिएफओ जगदीशप्रसाद गुप्ता र उदयपुरका डिएफओ विष्णु भण्डारीको क्रमशः प्रदेश ७, प्रदेश ५ र प्रदेश ३ वन निर्देशनालयमा सरुवा भएको छ।